Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुन र हिराका गरगहनासहित चितवनबाट तीन भारतीय पक्राउ

चितवन । चितवन प्रहरीले ८५ तोला सुन र हिराका गरगहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कारका चालक भारतको उत्तर प्रदेशका ४३ वर्षीय विनोद प्रसाद, पश्चिम बंगालका ५१ वर्षीय गणपतकुमार तोसावर र सोही ठाउँका नरेश वर्मा रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आइरहेको डब्लूबी १२ एभी ५५६६ नम्बरको नेक्सन कारलाई रोकेर खानतलासी गर्दा सुन र हिराका गरहना बरामद भएको प्रहरीले जनाएको छ ।

यात्रु बस्ने सीटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा गरगहना भेटिएको हो ।

प्रहरीका अनुसार सुनका गरगहना ६३.९८९ तोला र हिरा जडित गरगहना २२.८७८ तोला रहेको छ ।

बरामद गहना सहित पक्राउ परेका उनीहरूलाई पथलैयामा रहेको राजश्व अनुसन्धान कार्यालयमा पठाइएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077