काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनाव चिह्न फेरेको छ । रास्वपाले यसअघि चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो ।
पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको रास्वपाले बतायो ।
निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।
गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब उपनिर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ ।
Leave a Reply