काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्।
सभापति देउवाले राष्ट्रपतिको निर्वाचन र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा कुराकानी गरेका हुन्। छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकलगायत उपस्थित छन्।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्।
सरकारमा सहभागिता र विश्वासको मत तथा राष्ट्रपति निर्वाचनलगायत विषयमा सभापति देउवाले संसदीय दल कार्यसमिति बैठकमा छलफल भएको जनाइएको छ ।
फागुन १३ मा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ८ दलले समर्थन गरेर मनोनयन गर्दा वर्तमान सरकारलाई समस्या पर्ने देखिएमा विश्वासको मत दिनेलगायत सहयोग गर्ने निर्णय कांग्रेसको थियो। सोहीअनुसार अघि बढ्न देउवाले नेताहरूसँग आन्तरिक छलफल गरेका छन्।
Leave a Reply