Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा राष्ट्रपति निर्वाचन र सरकारमा सहभागिताको विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसबाट नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने निर्णय गरेपछि सत्तारुढ गठबन्धन भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077