Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी । सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको मृतइु भएको छ । उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077