Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति, बर्नार्ड दोस्रोमा झरे

एजेन्सी । एलन मस्क फेरि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।

ब्लूमबर्गको तथ्यांकअनुसार यसअघि दोस्रो नम्बरमा झरेका मस्क फेरि शीर्ष स्थानमा उक्लिएका हुन् ।

सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए ।

सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो ।

मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077