Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे संयुक्त बलका कमान्डर मोस्कालोभलाई बर्खास्त

युक्रेन । युक्रेनी संयुक्त बलका कमान्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभ बर्खास्त भएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मोस्कालोभलाई बर्खास्त गरेका हु्न् ।

किभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमान्डर नियुक्त गरिएको थियो ।

मोस्कालोभलाई बर्खास्त गर्नुको कारण नखुलाइए पनि उनको कार्यशैलीलाई लिएर जेलेन्स्की असन्तुष्ट रहँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077