Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडल परेडमा भाग लिन सशस्त्रका आईजीपी अर्याल सुडान प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक सुडान प्रस्थान गरेका छन् । मेडल परेडमा भाग लिन सोमबार राति आईजीपी अर्याल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सुडान सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ । मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम छ ।

सोमबार सुडानतर्फ प्रस्थान गरेका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बलका वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गरेका थिए ।

आईजीपी अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले संगठनको नेतृत्व र दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077