Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुई वर्षीया बालिका बलात्कृत, ६८ वर्षीय वृद्ध पक्राउ

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ मा दुई वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

बालिकाकी आमाले जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले आरोपित वृद्धलाई पक्राउ गरेको हो ।ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी थिइन् ।

सोही उजुरीको आधारमा वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । फागुन १२ गते साँझ पाँच बजेतिर आफू धारामा गएको मौका छोपेर वृद्धले बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको खुलेको छ ।

बालिकाकी आमा र बालिका अहिले सदरमुकामस्थित अल्पकालिन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन् । आरोपी बालिकाका हजुरबुवा नाता पर्छन् । उनीमाथि थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077