Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारभित्रकै क्यान्टिनमा भेटियो अखाद्य वस्तु

काठमाडौं । सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।

क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गर्दा उक्त कुरा खान अयोग्य वस्तु फेला परेको थियो ।

अनुगमनमा गएको टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ ।

विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077