Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कपिलवस्तुबाट १६ किलो चरेशसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाबाट प्रहरीले १६ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका - ९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका छन् ।

घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको जिल्लाप्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077