Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरासहितका केही स्थानमा वर्षा, उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना

काठमाडौं । कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरालगायत देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

त्यस्तै आज काठमाडौं उपत्यकामा पनि छिटफुटको वर्षा सम्भावना रहेको छ । महाशाखाले दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077