Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई जना पक्राउ

डडेल्धुरा । डडेल्धुरा प्रहरीले चितुवाको हड्डीसहित दुई युवकलाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीरबहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चितुवाको हड्डी सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद हड्डी र पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077