Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको ७ लाख ६३ हजार रुपैयाँसहित भारतीय महिला पक्राउ

सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको ७ लाख ६३ हजार ३ सय रुपैयाँसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहेकी छन् । साहलाई सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको जाँच टोलीले तिलाठी कोइलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी ७ लाख ६३ हजार ३ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

महिलालाई नियन्त्रणमा लिइ आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077