Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको टिप्पणी - वर्तमान गठबन्धनबाट पूर्वराजासमेत हौसिए, मलाई ठिक लागेन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले जटिलता मात्रै पैदा भएको बताएका छन् ।

महेन्द्रनारायण निधिको १०१औं जन्मदिनको अवसरमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सरकार बनेको दुई महिनाभित्र त्यो तीतो अनुभव र अनुभूति गरेको बताए । सबै लोकतान्त्रिक शक्तिहरु र हिजो ऐतिहासक रुपमा भूमिका खेलेका मिल्नुपर्ने उनको भनाई छ ।

अहिलेको गठबन्धन बनेपछि जुन शक्ति हौसिएर आयो त्यसले गर्दा ठीक नलागेको उनले बताए । उनले वर्तमान गठबन्धनबाट पूर्वराजा ज्ञानेन्द्रसमेत हौसिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077