Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ठमेलमा पर्यटकलाई ठगेको आरोपमा दुईजना प्रहरीको फन्दामा

काठमाडौं । ठमेलमा पर्यटकलाई ठगेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पर्यटकलाई ठगिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि पर्यटक प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उक्त अनुसन्धानबाट खुलेका दुई जनालाई पर्यटक प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077