Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • पुस १० पछि आज पहिलो पटक सानेपा गए सभापति देउवा

    पुस १० पछि आज पहिलो पटक सानेपा गए सभापति देउवा

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 873
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्किएपछि पार्टी कार्यालय नगएका उनी आठ दलीय गठबन्धन बनेपछि मात्र सानेपा यात्रा तय गरेका हुन् ।

    पुस १० गते सात दल मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो। त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालयमा आएका थिएनन् । अरू पदाधिकारीको बैठक सानेपामा हुने गरेको भए पनि देउवा भने अनुपस्थित हुने गरेका थिए ।



    मंसिर ४ मा भएको चुनावबारेको समीक्षा बैठक पनि देउवाले टारेका थिए । यसबीचमा उनी महत्वपूर्ण बैठक धुम्बाराहीस्थित निजी निवासबाट सञ्चालन गर्थे ।



    पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठक देउवाले तीन पटक स्थगित गरेका थिए। राष्ट्रपतिमा अरू सात दलले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि देउवा पार्टी कार्यालय फर्किएका हुन् ।

    आज बस्ने बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्नेछ । बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू आउने क्रम जारी रहेकाले बैठक सुरू हुन ढिला भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार