Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशिने क्रम बढ्यो : माघमा श्रम स्वीकृति लिनेको संख्या ६४ हजार

काठमाडौं । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यिनीहरूमध्ये धनुषाका ३ हजार २ सय ४७ जना छन् । जसमा पुरुष ३ हजार २ सय २८ र महिला १९ छन् ।

वैदेशिक रोजगारमा जान चाहने जिल्लाका रूपमा झापा दोस्रो स्थानमा रहेको छ । झापामा २ हजार ८ सय ४१ जनाले श्रम स्वीकृति पाएका छन् । झापाका २ हजार ३ सय ७४ जना पुरुष र ४ सय ६७ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

सिराहाका २ हजार ४ सय २७ जनाले माघ महिनामा श्रम स्वीकृति लिएका छन् । जसमा पुरुष २ हजार ४ सय १२ र महिला १५ जना रहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077