Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ । राष्ट्रपतिका लागि उम्मेदवार चयन गर्न बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । तर, पौडेलको पक्षमा निर्णय गरिने नेताहरुको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

बालुवाटारको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077