काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता समीकरण बदल्ने निर्णयलाई एमालेले देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भनेको छ ।
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयपछि प्रतिक्रिया दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले नै सत्तागठबन्धन तोडेको आरोप लगाए ।
उनले कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताए । उनले आठ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको टिप्पणी गरे ।
‘मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतान्त्रमाथिनै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय हो,’ ज्ञवालीले भने,’यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरुलाई क्षणक्षणमै फेर्ने विषय हाबी भएको छ भने देखाएको छ ।’ प्रचण्डले एमालेसँग गरेको पुस १० को निर्णय विपरीत कदम चालेको बुझाइ एमालेको छ।
Leave a Reply