Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै उनले बालुवाटार बैठक यस्तो बताएका हुन् ।

बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै प्रचण्डले सो कुरा बताए ।

प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा आठवटै दलले सहमति जनाएका थिए ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका प्रकाश ज्वालाले बैठकमा एकमात्र एउटा एजेण्डा रहेको र त्यसमा राष्ट्रपतिमा संसद्को ठुलो दल कांग्रेसलाई समर्थन गरौँ भनेर प्रस्ताव ल्याएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077