Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

काठमाडौं । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ ।

बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको हो ।

नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

उनका अनुसार उम्मेदवार कांग्रेसले नै चयन गर्नेछ । कांग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शनिबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077