Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले दिने आकस्मिक बिदामा पनि बैंकिङ्ग सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आकस्मिक बिदाको दिन पनि शाखा सञ्चालन गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै सरकारले आकस्मिक बिदा दिएको दिनमा बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकबाट जारी भएको बैंक विदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न बिहान १०ः०० देखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077