Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब परिचयपत्र देखाएर मात्रै वैदेशिक रोजगार विभाग छिर्न पाइने

काठमाडौं । वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ ।

अनावश्यक भीडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

‘अमर्यादित भाषा प्रयोग गरी काम गर्ने कर्मचारीलाई काम गर्ने वातावरण प्रभावित पार्ने क्रियाकलाप बढ्दै गएको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कुनै गुनासो भए कानुनी प्रकृयाअनुसार लिएर आउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077