काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाएको हो ।
बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ।
नेकपा एमालेले सरकार गठनका बेला पुस १०मा भएको समझदारी अनुसार राष्ट्रपतिको उम्मेदवार एमालेले तय गर्ने दावी गर्दै आएको छ।