Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले उम्मेदवारी दर्ताकै दिन राष्ट्रपति उम्मेदवार टुंगो लगाउने, बोलायो कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेसले दलहरूसँग छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने भएको छ ।

कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन शनिबार मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने गरी तयारी गरिरहेको हो ।

त्यसका लागि भोलि बिहान साढे ८ बजे सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले पुरानो गठबन्धन ब्युँताएर आफ्नो उमेदवारलाई जिताउने दाबी गर्दै आएको छ ।

कांग्रेसमा दुई नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी रहेको छ भने केही नेताले सभापति शेरबहादुर देउवा नै उमेदवार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077