Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिबारे देउवा र ओलीसँग निर्णायक वार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले र नेपाली कांग्रेससँग आज निर्णायक बार्ता गर्दै छन् ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शरबहादुर देउवाबीच निर्णायक वार्ता हुन लागेको हो ।

बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री शुक्रबार बिहान कांग्रेस सभापति देउवासँग छलफल गर्दैछन् । यस्तै, दिउँसो प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल गर्दैछन्।

फागुन २५ हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ। शनिबार बिहानसम्ममा राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने भएकाले सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलले दौडधुप तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077