Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी-बाइक गुडाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलङ्की-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कोटेश्‍वर-भक्तपुर सडक खण्डमा पनि प्रति घण्टा ५० किलोमिटर गति तोकिएको छ ।

उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सिमाना बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077