Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिका उम्मेदवारबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिका उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।

तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । राष्ट्रपतिमा कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित पौडेल र कृष्ण प्रसाद सिटौलाको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077