Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुरानै गठबन्धन ब्युँताउने प्रचण्ड र देउवाबीच समझदारी, प्रचण्ड भन्छन् - चाँडै निर्णय दिन्छु

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन दलबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पुरानै चुनावी गठबन्धन ब्यूँताउने औपचारिक प्रस्ताव राखेका थिए । उक्त सर्त अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सकारात्मक भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबारे चाँडै निर्णय दिनेसमेत बताएका छन् ।

भोलि दिनभर छलफलपछि बेलुकासम्म सबै विषयमा टुंगो लाग्ने नेताहरुले दाबी गरेका छन् । कांग्रेस सभापति देउवाले बुधबार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गरेका थिए ।

त्यसपछि बेलुका कांग्रेस शीर्षहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग निर्णायक वार्ता भएको थियो । त्यसक्रममा राष्ट्रपति निर्वाचनमा विगतको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077