Online Nepal
  • मंगलबार, २६ चैत्र २०८१
  • अब बैंकका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने

    अब बैंकका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण नपाउने भएका छन् ।

    धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर बुधबार यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार अब बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघु कर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।



    बैंक तथा अन्य वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन नपाउने व्यवस्था पनि गरिएको छ। यसका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीले स्वःघोषणा गराउनुपर्ने उल्लेख छ।

    साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्थासमेत) कर्जा लिए्नलिएको यकिन गर्नु पर्नेछ। तर, यस पूर्व प्रवाह भएको कर्जाको हकमा सोही अनुसार नै भुक्तानी तालिकाअनुसार कर्जा चुक्ता गर्न पाउने सुविधा दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार