Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • राष्ट्रपतिबाट आममाफी पाएर छुटेका दुईसहित ६ जना चोरी आरोपमा पक्राउ

    राष्ट्रपतिबाट आममाफी पाएर छुटेका दुईसहित ६ जना चोरी आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 714
    SHARES

    काठमाडौं । राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका दुईजना सहित ६ जना ७६ लाख रुपैयाँबराबरको धनमाल चोरीको आरोपमा पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई हाल गोकर्णेश्वर नपा ५ मा सुनचाँदी व्यवसाय गर्ने वर्ष ४३ को राजकुमार योङया लिम्बु, धनकुटा घर भइ काठमाडौंको छहारी बस्ने वर्ष ३८ को जीवन मगर र धादिङ भएका वर्ष ४३ का सागर तामाङ तथा मकवानपुर घर भइ गोकर्णेश्वरमा बस्ने वर्ष ४२ का रेशम रुम्बा छन् ।



    पक्राउ परेका मध्ये सागर तामाङ र रेशम रूम्बा २०६९ सालमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भैई २०७७ सालमा राष्ट्रपतिद्वारा आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । यस्तै राजकुमार योङया लिम्बु भने सवारी अङ्ग भङ्ग मुद्दामा तारिखमा रहेका व्यक्ति हुन् ।



    यस्तै चोरीको सामान किनेको आरोपमा सिन्धुपालचोक घर भई अरुबारी बस्ने वर्ष ५२ को पेम्बा लामा र मुस्ताङ घर भई धारा टोल बस्ने वर्ष ४१ को डिमा वाङदी गुरुङलाई पनि प्रहरीले पक्रेको छ ।

    उनीहरुले पुस ७ गते बौद्ध फूलबारीका सङ्गे लामाको घरको पूजा कोठाको झ्यालको ग्रिल फुटाइ मुगा, सि माला, सुनको गरगहना, चाँदीका तिब्बेतेन पूजाका सामान चोरी गरेको प्रहरीको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार