Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधवसँगको छलफल लगत्तै प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् ।

आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेर सभापति देउवा बालुवाटार पुगेका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् ।

बालुवाटामा आसन्न राष्ट्रपति चुनाव र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरू बताउँछन् । कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077