काठमाडौं । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारले जित्ने बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उमेदवारले जित्ने बताए ।
'यो सरकार जुन पृष्ठभुमिको बन्यो, यो सरकार बन्दा जे जस्तो सहमति सरकारमा सहभागी दलहरूका बिचमा बनेको छ । त्यो सहमति नै नेकपा९एमाले०का तर्फबाट अघि सारेको उमेदवारको जितको आधार हो,' उनले भने ।
सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनको दाबी छ ।