Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युवतीलाई भारतको कोठीमा पुर्‍याएपछि पक्राउ परे होटेल सञ्चालक

काठमाडौं । युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले होटेल सञ्चालकलाई पक्राउ गरेको छ।

दाङको घोराही उपमहानगरपालिका-१४ लखन पार्कमा होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घोराहीकी २० वर्षीया युवतीलाई भारत चण्डीगढमा पुर्‍याएर बेचबिखन गरेको उनीहरूमाथि आरोप छ। राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले ती युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत पुर्‍याएको खुलेको दाङ प्रहरीले बताएको छ।

युवतीकी आमाले गत माघ २२ मा जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो। भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले बतायो ।

पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077