Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिको प्रस्ताव लिएर कांग्रेस सभापति देउवालाई भेट्दै महन्थ ठाकुरको टोली

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै छन् ।

राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै लोसपाका नेताहरु देउवालाई भेट्न लागेका हुन् । उनीहरुबीच सभापति देउवासँग आज विहान ९ बजे धुम्बाराहीस्थित देउवा निवासमा भेट हुनेछ ।

सहमतीय राष्ट्रपतिका लागि महन्थ ठाकुर उपयुक्त पात्र भएको सो दलका नेताहरुको दाबी छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका लोसपाका नेताहरुले हिजो नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटमा भेटगरी सो माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077