Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई छोरासहित गण्डक नहरमा आमाले हाम फालिन्, तीनै जनाको अवस्था अज्ञात

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ ।

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् ।

ती महिलाका श्रीमान् वैदेशिक रोजगारमा गएका भएपनि के कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077