Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी

काठमाडौं । एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

क्यापिटलको सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।

नवनियुक्त अध्यक्ष राठीले हासिल गरेको लामो कार्यानुभव तथा उच्च व्यवस्थापकीय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाइ चुम्ने विश्वास लिएकोक्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077