Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कर्तव्य ज्यान र चोरी मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि धनगढीबाट पक्राउ परेका छन् ।

धनगढी उप–महानगरपालिका–४ का ३६ वर्षीय अर्जुन भट्टराई कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई कैलाली प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले भट्टराइलाई २०६६ कात्तिक २४ गते दुई बर्ष कैद फैसला तोकेको थियो ।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ का ४७ वर्षीय मोहन शाह पनि चोरी मुद्दामा जिल्ला अदालत कैलालीले २०७१ माघ २४ गते ४ दिन कैद र ३२ हजार जरिवाना तोकेको थियो ।

फरार दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077