Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा स्याङ्जामा चालक र सहचालकको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति ढुंगा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको हो ।

चालक सुनारको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077