Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ ।

पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले उडान गर्ने भएको हो । जजिराको उडान पुनस् शुरू हुनुअघि सोमवार एउटा चार्टर्ड उडान हुँदै छ ।

उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइतवार चार्टर्ड उडान गरेर आउने भनिए पनि विविध कारणले रोकिएको र सोमवार आउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ ।

जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ । यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077