Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवालाई नै राष्ट्रपति बनाउने हो कि भन्ने हामी सोच्दैछौं : विश्वप्रकाश शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् ।

आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् । उनले महामन्त्री शर्माले राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।

‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं,' महामन्त्री शर्माले भने ।

राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए । यस्तै उनले कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077