Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक, राष्ट्रपति चयनबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न माओवादीले पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि बैठक बस्नेछ ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो । तर सत्ताको नेतृत्व गरेको नेकपा माओवादीले राष्ट्रपतिमा सबै दलको मान्य हुने व्यक्तिलाई अघि सार्नुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077