Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढल्केबर–मुजफ्फरपुरबाट ८०० मेवागाट बिजुली निर्यात गर्न भारत सहमत

काठमाडौं । नेपाल र भारत ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत आयात निर्यात वृद्धि गर्ने सहमति भएको छ ।

भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात-निर्यातको क्षमता २ सयले वृद्धि गरेर ८ सय मेगावट बनाउने सहमति भएको हो ।

अहिले ६ सय मेगावाट मात्रै विद्युत आयात निर्यात भइरहेको छ । अब भने ८ सय मेगावाटसम्म विद्युत आयातनिर्यात हुने छ। नयाँ बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माण सन् २०२५ मार्चमा सक्ने पनि सहमति भएको छ ।

संयुक्त निर्देशक समितिको १०औं बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ। त्यस्तै टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी विद्युत् प्रसारणबाट ७० देखि ८० मेगावाटसम्म विद्युत् आयात–निर्यात गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077