Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सल्यानमा भाउजुमाथि खुकुरी प्रहार, एक जना पक्राउ

सल्यान । एक महिलाले भाउजु नाता पर्ने महिलालाई खुकुरी प्रहार गरेकी छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोला बस्ने प्रेम ओलीकी श्रीमती ३१ वर्षीया दुर्गा ओलीले नातामा भाउजु पर्ने दुर्गी खड्कालाई खुकुरी प्रहार गरेकी हुन् ।

खुकुरी प्रहारबाट दुर्गीको घाँटीको बायाँ भाग र कान काटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आपसमा भएको सामान्य विवादका कारण आवेशमा आएर दुर्गा ओलीले दुर्गी खड्कालाई खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते भएकी दुर्गी खड्काको जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

अहिले उनको नर्सिङ होममा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने दुर्गा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077