Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीनजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट शुक्रवार साँझ भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी वल नं ३५ हेडक्वाटरका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्की रहेका छन् ।

उनीहरूको साथबाट १५ लाख २८ हजार ५८८ भारतीय रुपैयाँ, ६५५ रुपैयाँ नेपाली रुपैयाँ, चार थान सिक्री, एक जोडी पाउजु, चार थान औँठी, तीन थान​ बाला, १० थान टपलगायत बरामद गरिएको छ ।

यसैगरी एक जोडी झुम्का, टाउकोमा लगाउने गहना एक थान, एउटा जन्तर, एक थान घडी र तीनवटा मोबाइल फोन सेटबरामद गरिएको छ। थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077