Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'एमबीबीएस टपर डाक्टर हुँ' भन्दै ठगी गर्ने दुई युवती पक्राउ

काठमाडौं । 'एमबीबीएस टपर डाक्टर हुँ' भन्दै ठगी गर्ने कार्यमा संलग्न दुई जना युवती पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा घर भई काठमाडौँको खिचापोखरी बस्ने ३२ वर्षीया उषा कार्की र चितवन घर भई खिचापोखरीमै बस्ने २० वर्षीया निकिता सुवेदीलाई पक्राउ गरेको हो ।

उनीहरुले पीडितको मोबाइल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी भएको तथा काठमाडौँको बाँसबारीमा घर रहेका र यूनिभर्सिटिबाट एमबीबीएस टपर डाक्टर भएको भन्दै प्रभावमा पार्ने गरेका थिए ।

यस्तै हाल विद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्ने गरेको झुट्टा बहाना बनाई ईसेवा वालेटमा रकम पठाउन लगाएर ठगी गरेको उजुरी परेको थियो ।

उनीहरूलाई खोजतलास गर्दै जाने राजधानीबाट पक्राउ गरिएको हो । उनीहरूलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077