विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ जनपथ चोकमा घरको छतबाट खसेर शुक्रबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ।
छतबाट खसेर ८७ वर्षीय भीमबहादुर महराको मृत्यु भएको हो।
आफ्नै २ तले घरको छतमा घाम तापेर कुर्सीमा बसिरहेका बेला बिहान १० बजेतिर अचानक खसेका महराको घटनास्थलमै मृत्यु भएको भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।