Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना : नौ जनाको मृत्यु, ४२ घाइते

काठमाडौं । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको पाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले आर्थिक वर्ष २०७७-७८ देखि हालसम्म एलपी ग्याससम्बन्धी विस्फोटका घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको तथ्यांक रहेको जानकारी दिएका हुन् ।

‘विगतका तीनवटा आर्थिक वर्षमा ग्यास सम्बन्धित विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको देखिन्छ ती घटनामा ४२ जना घाइते भएको तथ्यांक छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी पोखरेलले भने ।

प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८-७९ मा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका १३ वटा र त्यसअघि १० वटा घटना भएको प्रहरी रेकर्ड छ । यस्तै, चालू आर्थिक वर्षको साउनयताको अवधिमा मात्रै देशका विभिन्न स्थानमा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका ११ वटा घटना भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077