Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तिम कारोवार दिन पनि ओरालो लाग्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयरबजारमा आरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ ।

बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077